Comments Add Comment

Advertisment

SKIP THIS

नृत्य सूत्रको पुस्तक सार्वजनिक

१९ मंसिर काठमाडौ । नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य श्याम तमोट, प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्मा, जगदम्बाश्री सम्मान विजेता भैरवबहादुर थापा र गोस्ट राइटिङका अध्यक्ष कमल ढकालले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रममा मन्त्री आलेले विश्वभर नै पहिचानको लहर चलेको बेलामा नेपालबाट नृत्यको आफ्नै लिपि आविष्कार हुनु र सार्वजनिक हुनु गर्वको विषय रहेको बताए । उनले भने, ‘नेपाल धर्म, संस्कृति र चाडपर्वका कारण विश्व मानचित्रमा छुट्टै देशको रुपमा प्रख्यात छ । यिनै कुरालाई अभिव्यक्त गर्ने गीत र नृत्यको लिपि बन्नु खुसीको कुरा हो ।

यसलाई अंग्रेजीमा अनुवाद गरेर व्यापक बनाउनुपर्छ ।’ मन्त्री आलेले सातवटै प्रदेशका संस्कृति समेटिने पुस्तक प्रकाशनका लागि मन्त्रालयबाट पहल गर्ने घोषणा समेत गरे ।

त्यस्तै पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्माले शिवराम कासुलाले दुर्लभ काम सम्पन्न गरेको धारणा राखेकी थिइन् ।

भर्खरै ‘नृत्याक्षर विज्ञान’ बाट जगदम्बाश्री प्राप्त गरेका ९० वर्षीय भैरवबहादुर थापाले कासुलाको कृतिलाई विश्वकै पहिलो भनेर दाबी गरिहाल्न नमिल्ने भए पनि नृत्य विधामा यस्तो किताब आउनु सुखद रहेको धारणा राखेका थिए ।

लेखक शिवराम कासुलाले भने आफूलाई किताब तयार गर्न ३० वर्ष लागेको बताउँदै पुस्तकले अभ्यासमा रहेका नृत्यलाई भविष्यका लागि संग्रहित गर्न महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।

नृत्यको लिपि हुनु आफैँमा ऐतिहासिक कुरा हो । तर कोरियोग्राफ गरेको नृत्यलाई कसरी सूत्रमा राख्ने यही प्रयासमा किताबको जन्म भएको हो’ लेखक शिवरामले भने ‘किताबबाट भावी पुस्ता लाभान्वि त हुने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै