१३ पुष , काठमाडौ । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ का १९ वर्षीय रोहन घिसिङ, २६ वर्षीय धनु थापाघिसिङ र वडा नम्बर १० का १९ वर्षीय देवराज रोकाया रहेका छन् ।
रोहन र धनुले वीरेन्द्रनगर नगरपालिका–१० मा कोठा भाडामा लिई बस्ने गरेका थिए । शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर र कोठा खानतलासी गर्दा १ ग्राम ६६० मिलिग्राम लागु औषध फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण शाहीका अनुसार उनीहरू दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । यस्तै रोकायाको साथबाट दुई सय मिलिग्राम लागु औषध फेला परेको प्रहरीले बतायो । उनीमाथि पनि थप अनुसन्धान भइरहेको छ ।



