Comments Add Comment

Advertisment

SKIP THIS

पक्राउ परे उपभोक्ता समितिको ६ लाख लुटेको आरोप लागेका वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्ष

२५ असार , काठमाडौ । उपभोक्ता समितिको ६ लाख रुपैयाँ लुटेको आरोप लागेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्ट पक्राउ परेका छन्।

वडाध्यक्ष विष्टलाई आइतबार दिउँसो नगरपालिकाबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। उनी एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन्।

‘हामीले दिउँसो ३ बजे वडाअध्यक्ष विष्टलाई नगरपालिकाबाट पक्राउ गरेका छौं। अदालतबाट पक्राउ पुर्जी जारी गरि पक्राउ गरेका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मणबहादुर शाहीले भने, ‘उनीहरु माथि चोरी, डकैतीको मुद्दा अगाडि चलाएका छौं।’

वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको थियो।

उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको प्रवक्ता शाहीले जानकारी दिए। उनका अनुसार वडाध्यक्ष विष्टमाथि थप अनुसन्धान भइरहेको छ।

विष्ट यसअघि पनि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेर विवादित भएका थिए। त्यस्तै वडा सदस्यहरुसँग विवाद बढेपछि उनले नगरपालिकाको एउटा कोठाबाटै वडाका कामहरु गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment