Comments Add Comment

Advertisment

SKIP THIS

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

२१ पुष , काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै नगरपालिकाले बिदा दिने मेयर गोविन्द कर्माचार्यले जानकारी दिए ।

विश्व हिन्दु युवा महासंघले सार्वजनिक बिदाको माग सहित ज्ञापनपत्र बुझाएको थियो । अघिल्लो वर्ष पनि स्याङ्जाका सात पालिकाले सार्वजनिक बिदा दिएका थिए । गोरखा नगरपालिकाले पनि हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

गोरखाबाट पृथ्वी जयन्तीकै अवसरमा एकीकरण यात्रा सुरु भएको छ । बिहीबारदेखि रिपुमर्दन गणले एकीकरण यात्रा सुरु गरेको हो । उक्त टोली धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

प्रदेश २ आज पनि सार्वजनिक बिदा

क्रिसमस डेमा सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

निर्वाचनको दिन सार्वजनिक बिदा