वीरगन्ज । वीरगन्जमा गाँजासहित मकवानपुरका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिका-२ की ४२ वर्षीया इन्द्र कुमारी चेपाङ र त्यही ठाउँकी ४२ वर्षीया फुलमाया स्याङ्बो पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट १० किलो गाँजा बरामद भएको छ । नारायणगढबाट वीरगन्ज आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको यात्रुबाहक बस प्रहरीले वीरगन्ज–२१ गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा उक्त बसेको पछाडिको सिटमा बसेका इन्द्र र फुलामायाको साथमा रहेको कालो रङको २ वटा झोलाबाट १० केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान कार्य थालेको छ ।