Comments Add Comment

Advertisment

SKIP THIS

सिंहको राजनीतिक हत्याको दुस्प्रयास : किर्ते कारवाहीको सिफारिस

२१ माघ , काठमाडौ । अनेरास्ववियुको २३औं महाधिवेशन हुन केहि दिन बाँकी छ । महाधिवेशनले एमाले निकट युवा तथा विद्यार्थीहरुमा चहलपहल बढेको छ ।

महाधिवेशनले अनेरास्ववियुको विद्यार्थी संगठनलाई मजबुद बनाएर पार्टीलाई शसक्त बनाउनका लागि नयाँ नेत्तृत्व चयन गर्नेछ । तर, यसैबीच अनेरास्ववियु केन्द्रिय कमिटीले कारणबीनानै केहि कन्द्रिय कमिटी सदस्यलाई कारवाही गरेको छ । जसको असर जिल्लादेखि केन्द्रसम्म परेको छ ।

केन्द्रिय कमिटीले बझाङ घर भएका अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य बिष्णु सिंहलाई कारण बिनानै कारवाही गरेको छ । उनी जिल्लादेखि केन्द्रसम्म फुटबलका प्ले र एम्बाफ्फे झै चर्चामा छन । तर, अनेरास्ववियुको २३ औं महाधिवेशन चलिरहँदा उनलाई कारवाही गरियो । किन कारवाही गरियो भनेर उनी आफैनै अचम्मित छन् ।

उनी भन्छन्, ‘अनेरास्ववियुको पदाधिकारी बैठक चलिरहेको बेला मेरो कारवाहीको विषयमा कुरा चलिरहेको थियो । तर, कारवाही के कारणले भएको हो त्यो न मलाई थाहा छ नत केन्द्रिय कमिटीलाई नै थाहा छ ।’

उनले आफ्नो कारवाहीको लागि केन्द्रिय कमिटीमा सिफारिस भएको पत्र किर्ते भएको दावी गरेका छन् । उनी भन्छन्, ‘म बझाङको राज परिवारमा जन्मिएको केटो । त्यसैमा कम्युनिष्ट पार्टीको विद्यार्थी नेता । त्यसैले पनि मेरो राजनीतिक जीवन समाप्त पार्नका लागि केन्द्रमा किर्ते सिफारिस पठाइयो ।’

उनी भन्छ्न्, ‘पार्टीका बझाङ जिल्ला कमिटी इन्चार्ज र अध्यक्षलाई मेरो कारवाहीका लागि किन केन्द्रिय कमिटीलाई सिफारिस गरेको हो भनेर बुझ्दा उहाँहरुले आफुहरुलाई थाहा नभएको प्रतिक्रिया दिए ।’

यस विषयमा एमाले बझाङ जिल्ला कमिटी इन्चार्ज भैरवबहादुर सिंहलाई बुझ्दा उनले आफु यस विषयमा अनविज्ञ भएको बताए । उनले भने, ‘म जिल्ला कमिटिको इन्चार्ज हुँ । मलाई यस विषयमा कुनै जानकारी छैन । कारवाहीको विषयमा जिल्ला कमिटिको बैठक नि बसेको छैन ।’

उनले बिष्णुको कारवाहीका लागि सिफारिस नभएको र यस विषयमा अनेरास्ववियुको केन्द्रिय कमिटी आफु तथा जिल्ला कमिटी बझाङलाई बुझ्दा पनि हुने बताए । उनले भने, ‘बिष्णु सिंहको कारवाहीका लागि कसले किर्ते गरेर अनेरास्ववियुको केन्द्रिय कमिटिलाई सिफारिस गरेको हो छिट्टै छानविन गरि कारवाही गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment