Comments Add Comment

Advertisment

SKIP THIS

जनताको प्रश्न ! राजनीतिक स्थायित्व कहिले ?

१० फागुन , काठमाडौ । कांग्रेससँगको तिक्ततापछि बालकोटको सहमतिमा प्रधानमन्त्री बन्न पुगेका प्रचन्डकासामू अहिले गम्भीर प्रश्नहरु तेर्सिएका छन ।

प्रदेश तथा संघको केही महत्वपूर्ण पदहरुमा बाँडफाँड मिलेपनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेसले राष्ट्रपतिको आकांक्षा गर्नु, बिदेशीहरुको व्यापक चलखेलमा चीनको रोजाई कम्युनिष्ट , भारतीयहरुको रोजाई भरसक मधेशी दल अन्यथा आफूनुकूलको पात्र जसले तत्कालै नागरिकता बिधेयक पारित गरी सीमा विवादमा मौनता छावस, उता अमेरिकाको रोजाई देउवा वा अन्य पात्रहरु जसले चीनसँगको सम्बन्धबाट टाढा रहोस र एमसीसी परियोजना, एसपीपीलगाएतका योजनाहरुमा सहयोग गरोस ।

यी यावत कुराहरुको स्वार्थमा नेपाली राजनीति अल्झिएको छ र जतिसुकै क्रान्तिकारी पार्टीका नेताले सत्ताको नेतृत्व गरेपनि बिदेशीले पस्किएको भात नखाई नेपालको राजनीतिक यात्रा अगाडि बढ्दैन भन्ने कुरा बिगत र बर्तमानमा भएको बिदेशीहरुको भ्रमणबाट स्पष्ट हुन्छ ।

अझ गतसाता भारतका उच्च तहका पदाधिकारी क्वात्राको भ्रमणले विभिन्न नेताहरुसँग छुट्टाछुट्टै भेट्नु, जुन उधेश्यको भ्रमण हो त्यो नभएर गोप्यरुपमा प्रधानमन्त्रीलाई भेट्नु, राष्ट्रपति पदको लागि दाहालले कांग्रेसलाई वचन दिनु, उता एमाले बालकोटको सहमति तोड्न नसकिने पक्षमा उभिनु , रास्वपाले सरकारको समर्थन फिर्ता नलिएपनि सरकारबाट बाहिरिनु, प्रधानमन्त्रीको राष्ट्रपतिको विषयलाई लिएर दोधारे चरित्र हुनु, राप्रपाका सांसदहरु संसदको रोष्टमबाट गणतन्त्र बिरोधी नाराको आसय ब्यक्त गर्नु, मधेशबादी दलहरु खोंचे थापेर बस्नु, प्रशासनिक क्षेत्र रमीते बन्नु, पत्रकारीताको क्षेत्रलाई मोलमोलाइको साधनको रुपमा बुझ्नेआदि विभिन्न कारणहरुले देशको राजनीतिक अवस्था झन नाजुक बन्दै गएको छ ।

यस्तै सन्दर्भलाई लिएर गत हप्ता बिहीवारको एक राष्ट्रिय दैनिकमा एक बिद्वानद्वारा लिखित लरबरिएको राजनीति र निकासको उपायू शीर्षक लेखद्वारा पनि अहिलेको बर्तमान राजनीतिक अवस्थावारे जनता अबुझ पक्कै छैनन र यो अस्थीरताका पारखीहरु पनि नेताहरु नै हुन भन्ने कुरा जनताले नबुझेका होइनन ।

तर अहिलेको अवस्थालाई नियाल्दा २०४६ साल पछिको घटनाक्रममा त्यसभन्दा यता भएका चुनाव, विभिन्न दलले प्राप्त गरेका मतपरिणाम, सरकारमा जाँदा र प्रतिपक्षमा बस्दा दलहरुको रवैया, हाल उदय भएका नयाँ शक्तिहरु बिबेकशील साझा पार्टी, रास्वपा, पुरानो पार्टी राप्रपा आदिको राजनीतिक संस्कार तथा उनीहरुको प्रकृयात्मक राजनीतिक चरित्रवारे पनि जनता अनभिज्ञ छैनन । तर प्रजातन्त्र र गणतन्त्र आएपछि पनि देशमा आर्थिक उन्नति तथा सामाजिक क्षेत्रमा भएको केही सुधारलाई भने इन्कार गर्न मिल्दैन ।

तर पनि राजनीतिक क्षेत्र अझै स्थिर हुन सकेको छैन । भ्रष्टाचारको एकचिम्टी धुलो पनि झार्न सकिएको छैन । देशको अर्थतन्त्र टाट पल्टिने अवस्था छ । ब्यपार ब्यसाय गर्ने युवाहरु आर्थिक रुझान र बैंकको चर्को ब्याजदरका कारण कि बिदेश पलायन हुने, कि आत्महत्याको बाटो रोज्न बाध्य छन । आर्थिक तथा राजनीतिक क्षेत्रमा दलाली प्रवृत्तिको हावी अझै रोकिएको छैन । यी सवै कुकृत्य उब्जाउनकै लागि हो त अहिले दुई महिना नपुग्दै राष्ट्रपतिको सहमति तोडेर पुनस् नयाँ गठबन्धनको चाँजोपाँजो अनि फेरि सत्ताको सौदावाजी ? के उत्तरी र दक्षिणी धुर्बका बिपरित राजनीतिक सिद्वान्तमा अडिग भएका दलहरुको सहकार्य नै ठीक छ त ? यदि त्यो सही थियो भने बर्तमान राजनीतिक अवस्थावारे थाह हुँदाहुँदै पनि अस्थीर राजनीतिका पात्रहरुको लगनगाँठो किन कसिलो अनि रुझिलो ? अनि संधै शक्ति, भक्ति, पद र प्रतिष्ठामा रमाउन खोज्ने तर बिकासको एजेन्डालाई उपेक्षित गर्ने ठूला दलहरु प्रतिपक्ष दलको हैसियतमा बस्नै नसक्ने र जनमत गुम्दा पनि संधै अस्थीर राजनीतिको केन्द्रबिन्दु बनेका केही दलका नेताहरुमा भने सत्ता लिप्साको हुटहुटी कहिलेसम्म रु अहिले प्रधानमन्त्रीको ध्यान सरकारको स्थिरता र बिकासको एजेन्डा अनि बालकोटको सहमति भन्दा पनि आसन्न राष्ट्रपतिको चुनावमा आफुनुकूलको पात्र कसरी भित्र्याउने जसले पदको आयु लम्ब्बिन सकोस भन्नेमा नै केन्दृत रहेको आसय बुझिन्छ ।

अझै पनि प्रजातान्त्रिक दलको हिमायती हुँ भन्नेहरुलाई प्रतिपक्षमा बस्न खरायोलाई काउछाको माला जस्तै हुने र सत्ताकेन्दृत दलहरुको स्वभाव पनि भइरहेको समीकरणलाई भत्काएर पूनस् नयाँ बेहुला बन्न मन लाग्ने हो भने जनताले अब पनि सुशासनको प्रत्याभूति नपाए कहिले पाउने रु यो अस्थीरताको भेल कहिले सम्म थेग्नुपर्ने नेपाली जनताले ?

प्रधानमन्त्रीज्यू, अहिले जनताको चासो र जिज्ञासा छ कि, यही सत्ता लम्ब्याएर राजनीतिक स्थायित्व कायम राख्नुको सट्टा पद लम्ब्याउनकै लागि दुई महिना नबित्दै फेरि कांग्रेसको ललिपपमा अल्झिएर दुइटा डुंगामा एउटा पयर गर्न खोज्नुभएको हो त रु आज जनताका यिनै मुलभूत प्रश्नहरुको तगारोले धरमरिएको छ अहिलेको राजनीति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment