१ असोज , काठमाडौ । वास्तवमा हामीले देखेका सपनाहरु, सुनेका दन्त्य कथाहरु,भोगेका दैनन्दिनीहरु वास्तविकतामा परिणत त्यतिखेर हुन्छ जतिखेर नेतृत्व दृढ अठोटकासाथ अगाडि बढिरहेको हुन्छ !
सरकारको नेतृत्व गर्नेलाई केही जस अपजस त आइ नै रहन्छ , किनकी अहिले नेपालको राजनीति नै हरेक पार्टीमा खशी काटेर मासु भाग लगाएको जस्तो भागबन्डाको छ,तैपनि यसो सोच्दा, जीवनमा राजनीतिक र सामाजिक बाटो सांस्कृतिक र धार्मिक पाटोसँग मिल्दोजुल्दो भएपनि प्रजातन्त्र या गणतन्त्र आउनुपूर्व राजनीति भनेको यस्तो नशाको बाटो थियो कि जुन मार्गमा लाग्ने त्यागीहरुले न आफ्नो घरवार भने , न त परिवार नै, अर्कोतिर राजनीति त्यागको नाममा लुटेराहरुको पनि उत्पति भयो ।
हो, अहिले त्यही जमातले हरेक पल पल जनताको नाममा हरेक बिकासको गतिबिधिलाई ठगी खाने भाँडो बनाएका छन । त्यो कुरा नेतृत्वले बुझ्न सक्नुपर्यो । प्रसङ बदलौं रेलको स् नेपालमा रेल आउछ नै भनेर केपी ओली प्रधानमन्त्री हुँदा भनेका पनि थिए जतिखेर उनी नेपालमा पहिलो पटक प्रधानमन्त्री थिए ।
अनि केही स्वप्नै नदेख्नेहरुले खिल्ली उडाए ! कागजको रेल बनाएर भृकुटी मन्डपमा ब्याट्रीबाट चलाएजस्तो पनि गरे ! हाम्रा बाउ बाजेले त देखेनन हामीलाई केको मतलव भन्न पनि भ्याए जो परिवर्तनकारी हौं पनि भन्थे ।
तर अहिले साच्चै नेपालमा रेलको शुरुवात हुदैछ , खुशिको कुरा !तर यसमा पनि बिचौलियाको साँठगाँठ नहोस , कामना ! कागजको रेल बनाउनेहरुले कम्सेकम साइकल बनाउने नयाँ टेक्नोलोजी मात्र सिकेपनि भविश्यका पीडिलाई काम लाग्थ्यो कि ? अनि खिल्ली उडाउँदा बिल्ली पनि दिल्ली पुग्छ ! अनि सम्झनुहोस, दिल्ली भन्नासाथ नेपालको बिकासको बाधक हो भनिन्छ तर के गर्ने बिडम्बना दिल्लीको के दोष आफ्नै पात्र बिरलियपछि ! हामी नेपाली दिल्लीको माखे साङलोमा यसरी बांधिएका छौं कि , उ बीना न भान्छा चल्छ , न त सडक गल्लीहरु नै सफा हुन्छन ! सियोदेखि मियोसम्म , सुनदेखि नुनसम्म , राजनीतिदेखि आर्थिक तथा सामाजिक पाटाहरु पनि दिल्लीमा नै निर्भर हुनुपर्ने भएकोले यो संस्कारको अन्त्य जबसम्म हुदैन तबसम्म हाम्रो जीवन परनिर्भरतामा नै ब्यतीत हुनेछ ।
तर हामीले देखेका सपना रेल, स्वरोजगारी, आत्मनिर्भरता, उधोगधन्दा, कलकारखाना, प्राकृत्तिक स्रोत र साधनहरुको सहि सदुपयोग, सीमानाको बिबाद सुल्झाउने, नयाँ नयाँ प्रविधिको बिकास जुन कि रोजगारी र आत्मनिर्भरताको लागि कोशेढुङा सावित होस आदि हुन । तर हामी भने अझैपनि बार्ताली र आगनमा बसेर फेसबुक र ट्वीटरमा रमाउँदै अमेरिका र युरोपका गफमा ब्यस्त भइरहेका छौं । अनि कहिले हुन्छ हाम्रो सपना पूरा !





