ट्राफिक प्रहरीको विशेष चेकिङ: लागूऔषध सेवन गरी सवारी साधन चलाउने ६ चालक नियन्त्रणमा -
Comments Add Comment

ट्राफिक प्रहरीको विशेष चेकिङ: लागूऔषध सेवन गरी सवारी साधन चलाउने ६ चालक नियन्त्रणमा

८ माघ , काठमाडौ । काठमाडौंको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेहरूमा बा९२प १६ ९६ नम्बरका स्कुटर चालक कञ्चनपुर घर भएका बिष्णु बहादुर बि।क।, प्रदेश ३ -०२-०१२ प ९६७१ नम्बरका मोटरसाइकल चालक काठमाडौंको असनका राजु श्रेष्ठ, बागमती प्रदेश ०२-०३९ प ७२ ८२ नम्बरका मोटरसाइकल चालक काठमाडौं बस्ने सुरेश बस्नेत, बा ४७ प २० ७९ नम्बरका स्कुटर चालक काठमाडौँको क्षेत्रपाटीका रिजेन खड्गी, बा ८४ प ६४ २५ नम्बरका स्कुटर चालक टेकुका लुज महर्जन र बा ४९ प ५९ २२ नम्बरका स्कुटर चालक कैलालीको धनगढीका निशान भण्डारी रहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० वटा सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालकलाई आज काठमाडौंको ठमेलबाट फेला पारेको हो ।

लागूऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी साधन नचलाउनु हुन सवारी चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि।एच।सि। किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds