Comments Add Comment

Advertisment

SKIP THIS

चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय

०९ फागुन , काठमाडौं । उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै बुढालाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

पीडित पक्षको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो । ९ महिना सजाय हुनेगरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै