Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा राति भएको मोटरसाइकल दुर्घटनामा १७ वर्षीय युवक गम्भीर घाइते

काठमाडौँ, ६ कार्तिक — गए राति करिब ११:३५ बजे तारकेश्वर नगरपालिका वडा नम्बर–६ धर्मस्थली पसल चोकस्थित सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।

तिनपिप्लेबाट सानो बाइपासतर्फ आउँदै गरेको बा.प्र.०२.०३७प ५१०६ नम्बरको R15 मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको स्रोतले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–३ चिसापानी बस्ने १७ वर्षीय प्रजित घिमिरे गम्भीर घाइते भएका छन्। टाउको, छाती, हात र खुट्टामा चोट लागेका घिमिरेलाई प्रारम्भिक उपचारका लागि Teaching Hospital लगिएको थियो भने पछि थप उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा सारिएको बालाजु प्रहरी वृत्तले जनाएको छ।

दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार हालका दिनमा तारकेश्वर क्षेत्रमा सडक दुर्घटनाको घटनामा उल्लेख्य वृद्धि भएको छ। दुर्घटना नियन्त्रणका लागि नेपाल ट्राफिक प्रहरीले नियमित चेकिङ गरिरहेको भए पनि, प्रहरीको अनुपस्थितिमा लापरबाहीपूर्वक सवारी चलाउनेहरूको कारण दुर्घटना बढेको उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै