Comments Add Comment

Advertisment

SKIP THIS

माल्टामा मापसे गरेर मोटरसाइकल हाँक्ने नेपाली पक्राउ

२६ चैत , काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा भूमध्य सागरीय मुलुक माल्टामा एक जना नेपाली पक्राउ परेका छन् । माल्टामा खानेकुराको डेलिभरी गर्दै आएका ३० वर्षे श्रीकृष्ण पंगेनीलाई पक्राउ गरिएको माल्टाबाट प्रकाशित हुने माल्टा टुडे अनलाइनले जनाएको छ ।

मध्य माल्टाको बिरकिरकारा शहरमा मोटरसाइकलमा खानेकुरा डेलिभरी गर्ने क्रममा उनले प्रहरी चेकपोष्टमा मोटरसाइकल नरोकी हुँइकिएका थिए । पछि प्रहरीले पछ्याएपछि उनले रक्सी पिएर मोटरसाइकल हाँकेको पत्ता लागेको थियो ।

प्रहरीले उनीमाथि मापसे गरेको, खतरानक हिसाबमा गाडी कुदाएको, सवारी अनुमतिपत्र लाइसेन्स र इन्स्योरेन्सबिना सवारी हाँकेको जस्ता ११ वटा नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक क्रिष्टबेल चेटचुटीलाई उद्धृत गर्दै माल्टा टुडेले जनाएको छ ।

यद्यपि प्रहरीले पक्राउ गरेपछि भने उनले आफ्ना गल्ती स्वीकार गरेको र अदालती कारवाही नसकिँदा सम्मका लागि उनलाई जमानतमा रिहा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै