६ बैशाख, काठमाडौ । तीनकुने भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप एकजना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोषकुमार सिलवाललाई पक्राउ गरेको हो । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको बताइएको छ ।
राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जना मारिएका थिए ।