Comments Add Comment

Advertisment

SKIP THIS

६ लाख घुससहित बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ

६ साउन , काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ परेकी छन् ।

अख्तियारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई घुससहित पक्राउ गरेको हो ।

उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयले जनाएको छ ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment