Comments Add Comment

Advertisment

SKIP THIS

बानेश्वरबाट घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर, ३ महिना कैद

२७ भाद्र , काठमाडौ । घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियहरू दोषी ठहर भएका छन् ।

सव-इन्जिनियरहरु राजनप्रसाद भट्टराई र सन्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो ।

विशेष अदालतका न्यायधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment