Comments Add Comment

एक लाख २५ हजार घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ

२० असार , काठमाडौ । एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्।

महोत्तरी सम्सी गाउँपालिकाका लेखापाल रउसनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार घुससहित रंगेहात पक्राउ गरेको हो।

कोभिड १९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। घुससहित कार्यकक्षबाट पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment