Comments Add Comment

Advertisment

SKIP THIS

चामलको बोराभित्र लुकाएको लागूऔषध खैरो हेरोईनसहित प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।

चामलको बोराभित्र लुकाएको अवस्थामा एम्पुल र नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्‍तरीको खड्क नगरपालिका ११ वनौली बस्ने राम लोचन मुखिया र सप्‍तरीको बरहथवा नगरपालिका ११ घर भई हाल बसुन्धारा बस्ने कमल अधिकारी रहेका छन् ।

उनीहरुको साथबाट नियन्त्रित लागूऔषध एम्पुल २४७८ र नाईट्रोभेट ट्याब्लेट ३३०८ पीस बरामद गरिएको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट नागढुङ्गा थानकोट चेक पोष्‍टमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा चामलको बोरा भित्र लुकाईएको नियन्त्रित लागूऔषध एम्पुल २४७८ पीस,डाईजेपाम ८४२, बुप्रेनोर्फिन ६८५, फेनारगन ९५१० र नाईट्रोभेट ३३०८ ट्याब्लेटसहित मुखियालाई पक्राउ गरिएको थियो ।

मुखिया पक्राउ परेपछि सोधपुक्षका क्रममा उक्त लागूऔषध काठमाडौं उपत्यकामा बिक्रि बितरण गर्ने का अधिकारीले गर्ने गरेको खुलेको थियो । अधिकारीलाई गोंगबु बसपार्क, काठमाडौंबाट पक्राउ गरी प्रहरी वृत थानकोटमा बुझाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै