Comments Add Comment

Advertisment

SKIP THIS

मुसिकोट नगरपालिकामा शोक बिदा

३ भदौ ,काठमाडौ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा आज शोक बिदा गरिएको छ ।

वडा नम्बर एकका वडाध्यक्ष मोहन घिमिरेको शनिवार मृत्यु भएपछि नगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख स्तरीय बैठकबाट आइतबार शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

आइतबार नगरपालिका, वडा कार्यालयहरू बन्द रहने कुँवरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वडाध्यक्ष घिमिरेले शनिवार बिहानै फेसबुकमा स्टाटस लेखेर झुन्डिएर आत्महत्या गरेका थिए ।

आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment