Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा

६ साउन , काठमाडौ । गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार एक वर्षको अवधिमा ८ हजार ४२४ सवारी साधनलाई कारबाही गरिएको हो ।

कारबाहीबाट ५१ लाख २५ हजार ५०० रुपैयाँ राजस्व सकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यो १२ लाख कम हो । अघिल्लो आर्थिक वर्ष ०७९र०८० मा ६३ लाख १४ हजार राजस्व संकलन भएको थियो भने १० हजार ९६ सवारी साधन कारबाहीमा परेका थिए ।

ट्राफिक प्रहरीले मालबाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीहरुलाई कारबाही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment