Comments Add Comment

Advertisment

SKIP THIS

मतदान गरेर एमाले प्रमुख सचेतक भट्टराईले भने – ‘निर्वाचनको परिणाम सुखद् आउनेछ’

३० बैशाख , काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसौँ पटक मतदान गरेका छन् ।

खोटाङको भगवती दिनानाथ मावि केन्द्र पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनले अध्धयन गरेका थिए ।

मतदानपछि उनले भनेका छन्, ‘गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।’

मतदान गरेको १० पटकमध्य ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेको र तीन पटक हारेको भट्टराईले सुनाए।

उनले यस पटक निर्वाचनको परिणाम सुखद् आउने पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै