७ कार्तिक , काठमाडौं । हामी माथी मिलिसक्यौं , तिमीहरु तल मिल्न के को लाज ? हंसीया हथौडा , कलममा भोट हाल्न संकोच मान्नु पर्दैन , संबिधानको रक्षार्थ गठबन्धनलाई भोट दिनु जरुरी छ , बिगतमा जे भो भो बिर्सिदिनु ! ” शेरबहादुर देउवा । “टाउकाको मोल तोक्ने र तोकिनेको सिद्वान्त, नीति, आस्था , बिचार के मिल्छ र कुम जोडेको ?” जनता
“माओबादी नेता अध्यक्ष महोदयलाई बुढीगन्डकीको ९ अर्ब घोटला आरोप मैले मिथ्या बोलेको हो । उहाँ निर्दोष हुनु हुँदोरहेछ , पछि पुष्ठी भयो !” डा बाबुराम भट्टराई ” पछि पुष्ठी भयो भनेर सुख पाइन्छ ?, पहिला दोष लगाउने आधार के थियो र अहिले पुष्ठी भएको प्रमाण के ?”
जनता ” बिना ढेवाके फ्री भिसा फ्री टिकट काठमान्डू मे तालिम मिल्ता है !” माधवकुमार नेपाल ” यसको आधारसहित पुष्ठी गरेर देखाउनुहोस , पत्र बुझ्नुहोस , निर्वाचनको मुखमा के को फ्री ढेवा ” निर्वाचन आयोग र जनता ” तपाइँहरु संकोच नमान्नुहोस , हंसीया हथौडा र रुख चिन्हको मिलन त सान्ति सम्झौताताका गीरीजा वावु र मेरो पालामा भैसकेको छ , यो एउटै सम्झिएर काम गर्नुहोस !” पुष्पकमल दाहाल
” लुटिएका सम्पती, पुछिएका सिंधुर, रित्तिएका काख, १७ हजारको लास, पिछडिएका जनताको गाँस, बास र कपास सवै बिर्सियौ ?, सन २०१८ को भाषणमा कांग्रेस र एमाले अब एउटै हुन , अग्रगामी छलाङ हाम्ले मात्र मार्न सक्छौं , अवको दश वर्षमा देशलाई कायां पलट पार्छौं ” भनेको होइन ?
तर अहिले कान्तिपुर पत्रीकाले लेख्छ : दाहाल : हिड्दै छन, पाइला मेट्दै छन ” जनता र पूर्व लडाकु ” हामीले प्रत्यक्षमा १०० सिट र समानुपातिकमा ५० सिट ल्याउँछौँ ” केपी ओली ” अझै पनि सिट बाँडफाँडमा तिक्त्तता आयो भन्छन नि ? अनि ती पार्टी प्रवेस गर्ने अन्य पार्टीका सारा नेता तथा कार्यकर्ताहरुलाई कता तह लगाउने हो ? ” जनता
” मेरो जीवनको यो अन्तिम संघर्ष हो , अब तनुंहे जनताको लागि केही गरेर देखाउँने इच्छा जागेर आछ ” रामचन्द्र पौडेल ” तपाईंहरुजस्ता अन्य नेतासमेत अब धर्मकर्मतिर लाग्नु भयो भने देश र जनताले राहत महशुस गर्नेछन , तपाईहरुले अब राजनीतिक सल्लाहकारको भूमीका खेल्ने हो , जति युवा शक्तिमा जोस, जाँगर र काम गर्ने तत्परता देखिन्छ, त्यति तपाईहरुमा देखिंदैन !” जनता ” अब म हाम्रा नेताहरुलाई के भनौं र ?
” गगन थापा ” एमसीसी, एसपी, नागरिकता बिधेयकवारे केही बिरोध गर्छौ कि भनेको झन सशक्त भएर लागी पर्यौ , अमेरिकी सेना नेपाल आए भने चारपाटा मुढेर थानकोट कटाइयोस , सेवासुबिधा खोसियोस भन्नू भो , अहिले खुसुक्क सेना आउँदासमेत तपाईको मुखै बन्द , बोली बन्द ! अहिले त ओलीलाई गाली गर्नसमेत छोड्नु भो किन ? ” जनता



