Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा गार्मेन्ट व्यवसायी लाल मोहम्मद माथि गोली प्रहार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ८मा एक जना पुरूषमाथि गोली हानेर भागेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सर्लाहीका लाल मोहम्मद छन्। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। घाइतेको अवस्थाबारे खुलेको छैन। घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै