Comments Add Comment

Advertisment

SKIP THIS

हिमालय एयर लाइन्सको कुवेत उडान सुरु

१ श्रावण , काठमाडौं । हिमालय एयरलाइन्सले कुवेतमा उडान सुरु गरेको छ। कम्पनीले शुक्रबार राति १० बजेर ३२ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि उडान भरेको हो। उक्त जहाज कुवेतबाट शनिबार बिहान ९ बजेर १७ मिनेट जाँदा काठमाडौँ फर्किएको गोरखापत्र अनलाइनले लेखेको छ।

एयरलाइन्सले अब हरेक शुक्रबार काठमाडौँ–कुवेत र हरेक शनिबार कुवेत–काठमाडौँ उडान गर्नेछ। यो हिमालयन एयरलाइन्सको आठौँ अन्तर्राष्ट्रिय गन्तव्य हो। कुवेत विशेषगरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्त्वपूर्ण गन्तव्य हो। काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरमा उडान सञ्चालनमा ल्याउन २००६ जनवरी २३ मा हवाई सेवा सम्झौता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै