Comments Add Comment

Advertisment

SKIP THIS

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

१२ असोज , काठमाडौँ । काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे रु एक सय जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भीडभाड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ ।

महानगरका प्रमुख बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगरप्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने बताए ।

सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिवना गर्ने बताइएको छ । कामपा नगरसभाको ११ औँ अधिवेशनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै