Comments Add Comment

Advertisment

SKIP THIS

चीनको आणविक हतियार सन् २०३५ सम्म तीन गुणाभन्दा बढी हुने पेन्टागनको आँकलन

१४ मंसिर , काठमाडौँ । चीनको आणविक हतियार अहिलेको तुलनामा सन् २०३५ सम्ममा तीन गुणाभन्दा बढी हुने सम्भावना रहेको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ । पेन्टागनले एक रिपोर्ट प्रकाशित गर्दै चिनियाँ वायुसेना पछिल्लो समय तीव्र गतिमा परिष्कृत समेत हुँदै गएको बताइएको छ ।

‘रक्षा मन्त्रालयको अनुमान अनुसार चीनको परिचालित आणविक हतियार भण्डार ४०० नाघेको छ । रिपोर्टमा भनिएको छ, ‘यदि चीनले आफ्नो आणविक विस्तारको गतिलाई निरन्तरता दियो भने सन् २०३५ सम्ममा उसले करिब १५०० हतियारको भण्डार राख्न सक्छ ।’

अमेरिकाले चीनलाई मुख्य चुनौतीको रूपमा पहिचान गर्ने गरेको छ । चिनियाँ जनमुक्ति सेनाको वार्षिक प्रतिवेदनमा आणविक र परम्परागत शक्ति दुबैको सुधारमा जोड दिइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै