Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले चलायो डोजर (फोटोफिचर)

८ भदौ , काठमाडौँ । काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरी स्थित आरबी कम्प्लेक्सको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो ।

यसअघि गत सोमबार महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काउनुको साथै पार्किङका लागि बनेको संरचना सोही प्रयोजनमा प्रयोग गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै