Comments Add Comment

Advertisment

SKIP THIS

भोटेकोशीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन

काठमाडौं: भोटेकोशीमा एक जना पुरूष बेपत्ता भएका छन्।

रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फालेर बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ।

सोही गाउँपालिका-१ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ्ग तामाङ कात्तिक ८ गते उक्त खोलामा हामी फाली बेपत्ता भएको बताइएको छ।

कात्तिक ७ गते सामान्य विवादमा सोही ठाउँ बस्ने अन्दाजी ६३ वर्षीय फुर्पु छिरिङ्ग तामाङलाई कुटपिट गरेपछि प्रहरी चौकी थुमनले सोधपुछको लागि मोटरसाइकलको पछाडि राखेर जिल्ला प्रहरी कार्यालय रसुवा लग्ने क्रममा गुडिरहेको मोटरसाइकललाई पल्टाइ भागेका थिए।

प्रहरीबाट भागेका उनी उक्त खोलामा हाम फाली बेपत्ता भएका थिए।

उनको खोजीकार्यको लागि सोमबार सशस्त्र प्रहरी बल नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामग्रीसहित खटाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै