Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली कांग्रेस नेता बुढाथोकीको निधन

२३ माघ, काठमाडौ । नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीको निधन भएको छ ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको उपचारका क्रममा विराट मेडिकल कलेजमा निधन भएको हो । उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।

झापा अर्जुनधारा निवासी बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र गणतन्त्र प्राप्तपछि सामान्य प्रशासन मन्त्री बनेका थिए । ‘सेतो बाघ’ उपनामले समेत चिनिने बुढाथोकी हक्की र स्पष्ट वक्ताका रूपमा चिनिन्थे । बुढाथोकीका दुई छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment