Comments Add Comment

Advertisment

SKIP THIS

अनलाइन जुवा अखडामा सिआइबी छापा, तीन युवतीसहित सात जना पक्राउ

३ आश्विन , काठमाडौं । अनलाइन जुवा खेलाउने अखडामा छापा हानी प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूर्यविनायक–५ मा छापा मारी सञ्चालक र ६ कर्मचारीलाई पक्राउ गरेको हो ।

सञ्चालक जोयल तामाङ तथा कामदारहरू सञ्जय श्रेष्ठ, कपिल श्रेष्ठ, मोनिका श्रेष्ठ, रूपाकुमारी पुलामी, प्रभातकिरण लोहनी र विनिता तामाङलाई पक्राउ गरेको हो ।

घर भाडामा लिई ६ महिनादेखि उनीहरूले मोबाइल एप्लिकेसनमार्फत अनलाइन जुवाको धन्दा चलाउँदै आएको सिआइबीका एसपी कमल थापाले बताए । प्रारम्भिक अनुसन्धानमा उनीहरूले एक करोड १९ लाख ३१ हजार रुपैयाँबराबरको कारोबार भएको देखिएको छ । जुवा ऐनअन्तर्गत प्रहरीले उनीहरूमाथि कारबाही थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै