६ जेठ , काठमाडौ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ (ख) को प्रदेश स्तरीय दोस्रो सम्मेलन भएको छ ।
आज तारकेश्वर १० मा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेस लेखकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेस लेखकले काँग्रेस पार्टीमा सबैका आ–आफ्ना फरक विचारहरुको समूह भएको कारण नै असली लोकतान्त्रीक पार्टी बनेको बताए ।
लेखकले अर्को एक प्रसङ्गमा सदन अवरोध अन्त्यका लागि सरकारले गृहमन्त्रीको छानविनका लागि संसदीय दल नबनाएसम्म काँग्रेसले अवरोध गरिरहन्छ ।
काठमाडौं क्षेत्र नं. ६ (ख) का सभापति विष्णुभक्त तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान, जगदिश नरसिंह केसी, हरि सिंह केसी, सबुज बानियाँ, श्याम खड्गी, ओम बिमली लगायतका नेतारकार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रममा क्षेत्र नं. ६ (ख) को प्रोफाइल लोकार्पण र सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै तारकेश्वर नगर प्रमुख तथा नेपाली काँग्रेस नगर सभापति कृष्णहरि महर्जनले अबदेखि पत्रकारहरुलाई गाली नगर्ने घोषणा गरेका छन् । नगरको विकासमा निरन्तर खटिएर काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
त्यस्तै काँग्रेस टोखा नगर सभापति ओम बिमलीले आगामी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट सबै गुटहरुको अन्त्य भएर जाने बताए । एकढिक्का काँग्रेस निर्माण हुन्छ । त्यस्तै काँग्रेस नेता जगदिस नरसिंह केसीले आगामी २०८४ सालको चुनावमा काठमाडौं क्षेत्र नं. ६ बाट पार्टीले टिकट दिए चुनाव जितेर देखाइदिने बताए । केसीले ६ नं. क्षेत्रमा ७ हजार नुवाकोटको भोट रहेको खुलासा गरे ।
अहिलेको काँग्रेस पार्टीमा सांसद्, मन्त्री बन्नका लागि ३ देखि ५ करोड पार्टी नेतृत्वलाई बुझाउनुपर्ने बताएका थिए । काँग्रेस पार्टी नयाँ बन्न आवश्यक छ । अहिलेको नेतृत्वले काँग्रेसलाई कमजोर बनाएको छ ।
काँग्रेसका काठमाडौं क्षेत्र नं. ६ का सभापति श्यामकृष्ण खड्गीले अब स्थानीय र बाहिरको भनेर छुट्याउने कार्य काँग्रेसमा नहुने बताए । जसले धेरै काम गर्छ, उसैले नेतृत्व पाउँछ ।
कार्यक्रममा बोल्दै पूर्व रक्षामन्त्री तथा काँग्रेस नेता भीमसेनदास प्रधानले भनेका छन् – मलाई हराउन काँग्रेसकै नेतारकार्यकर्ताहरु लागे । आफ्नै पार्टीका नेताहरु केन्द्रीय सभापतिकोमा गएर भीमसेनदासले चुनाव हार्छ भन्दै पहिल्यै नेगेटिभ म्यासेज गरे । चुनावमा पनि सहयोग गरेनन् ।
काठमाडौं क्षेत्र नं. ६ (क) का बागमती प्रदेश सभा सदस्य हरिप्रभा खड्गीले नेपाली काँग्रेस पार्टीमा सबैले सक्रियतापूर्वक काम गर्नुपर्छ । स्थानीय जनप्रतिनिधि र सांसद्हरुले जनपक्षिय काम गरेर काँग्रेसलाई विश्वासिलो पार्टी बनाउन आवश्यक छ ।