Comments Add Comment

Advertisment

SKIP THIS

मेयर रेनु दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना पक्राउ

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् ।

मेयर दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम गराएको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शर्माले भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै