Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसका सांसदलाई सक्रिय भूमिका खेल्न देउवाको निर्देशन

२३ पुष , काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्‍मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका हुन् ।

बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले बोलेका थिए । अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने बताइएको छ । उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै