Comments Add Comment

Advertisment

SKIP THIS

अफ्रिका कपको फाइनल आज

२३ माघ , काठमाडौं । अफ्रिकी कप अफ नेसन्सको उपाधिका लागि आज (आइतबार) राति सेनेगल र इजिप्ट एक अर्काविरुद्ध मैदान उत्रदै छन् । दुबै मुलुक एकआपसमा उपाधिका लागि मैदान उत्रदा चर्चा भने इंग्लिस क्लब लिभरपुलको भइरहेको छ ।

लिभरपुलका स्ट्राइकरद्वय मोहम्मद सलाह र साडियो माने फाइनलमा एकअर्काका प्रतिद्वान्दीको रुपमा छन् । सात पटकको च्याम्पियन इजिप्ट प्रतियोगिताको सर्वाधिक सफल टोली हो भने सेनेगल साविक उपविजेता हो । सेनेगल पछिल्लो संस्करणको फाइनलमा अल्जेरियासँग १-० ले पराजित भएको थियो ।

ओलम्बे स्टेडियममा हुने खेल नेपाली समयअनुसार पौने १ बजेदेखि सुरु हुनेछ । सेनेगलले सन् २००२ र २०१९ मा दुई पटक फाइनलमा हार बेहोरेको थियो । यता, इजिप्ट सन् २०१० पछि दोस्रो पटक उपाधि उचाल्न चाहन्छ ।

लिभरपुलबाट आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिइरहेका माने र सलाह सन् २०१८/१९ को च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका महत्वपूर्ण खेलाडी थिए । दुबै टोली हाल लिभरपुलका प्रमुख खेलाडीसमेत हुन् ।

यसअघि अन्तिम चारको खेलमा सेनेगलले बुर्किना फासो र इजिप्टले क्यामरुनलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै