Comments Add Comment

देशको विकासका लागि सबैले शान्ति-सुरक्षाको अनुभूति गर्नुपर्छ : प्रधानमन्त्री ओली

१७ भाद्र , काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध नबनाइ जनतालाई खुसी बनाउन नसकिने बताएका छन्।

लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। जनताले सम्मानजनक जीवनको अनुभूति गराउन सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए।

उनले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानव अधिकार आयोगसँगै काम गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताए।

नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरुपमै अन्त्य गरिएको स्पष्ट गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment