Comments Add Comment

Advertisment

SKIP THIS

एटीएम मेसिन तोडफोड गरी पैसा चोरेको आरोपमा एकजना पक्राउ

५ भदौ , काठमाडौं । पोखराबाट एटीएम मेसिन तोडफोड गरी पैसा चोरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको आरोपमा २१ वर्षीय अनिस तामाङलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका– २७ तालचोकस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटीएम मेसिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा उनलाई रूपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।

प्रहरीले घटनामा प्रयोग भएको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै