२२ चैत , काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा एक छात्रा मृत अवस्थामा फेलापरेकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखाएको छ ।
रामपुरस्थित कोसी जनता माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत कविता सुनुवार आज यशोदा खोलामा मृतावस्थामा फेलापरेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको र एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।






