११ साउन , काठमाडौं । गुल्मीमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ईस्मा गाउँपालिका–४, कुबिन्डे बस्ने ४० वर्षीय भूपाल अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीले ती बालिकालाई ललाइफकाइ सोही ठाउँस्थित खरबारीमा लगी बलात्कार गरेको उजुरी परेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



