Comments Add Comment

Advertisment

SKIP THIS

४१ लाख ५५ हजार नगदसहित वीरगन्जबाट एकजना पक्राउ

४ साउन , काठमाडौँ । पर्साको वीरगन्जबाट ४१ लाख ५५ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारत विहार पूर्वी चपारण थाना रक्सौल-११ घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

बिहान ८ बजे आएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त टोली खटिएको थियो।

वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा रक्सौलबाट वीरगन्ज आउँदै गरेको मोटरसाइकललाई प्रहरीले चेक गरेको थियो।

त्यसक्रममा चालक राकेशले मोटरसाइकलको सिटमुनी र ट्यांकीमा ४१ लाख ५५ हजार रुपैयाँ लुकाइराखेको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

उनलाई प्रहरीले पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै