Comments Add Comment

Advertisment

SKIP THIS

नागढुंगा चेक प्वाइन्टमा लागूऔषधसहित एकजना पक्राउ

२३ माघ ,काठमाडौं । काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागु औषध सहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–९ घर भएका २१ वर्षीय संजय कुमार महतो छन् । रौतहटको गौरबाट ना.७ ख ४७४९ नम्बरको बसमा काठमाडौं आएका महतोलाई शनिवार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

उनको साथबाट प्रहरीले ६ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन बरामद गरेको छ । आरोपीलाई लागु औषध नियन्त्रण ऐन अनुसार महानगरीय प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment