Comments Add Comment

Advertisment

SKIP THIS

नोकियाले पनि रुसमा व्यापार बन्द गर्दै

२९ चैत , काठमाडौं । फिनल्याण्डको टेलिकम सामग्री निर्माता कम्पनी नोकियाले पनि रुसमा आफ्नो व्यापार बन्द गर्ने घोषणा गरेको छ ।

नोकियाका प्रमुख कार्यकारी पेक्का लण्डमार्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार कम्पनीले रुसी बजारबाट बाहिरिने निर्णय लिएको छ ।

‘वर्तमान अवस्थामा त्यस देशमा निरन्तरता दिन हामीले कुनै सम्भावना देखेका छैनौँ ।’ लण्डमार्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनका अनुसार रुसी बजारबाट बाहिरिएपनि आफ्ना ग्राहकहरूलाई नोकियाले सेवा भने प्रदान गरिरहनेछ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजारमा व्यापार बन्द गरेका बेला नोकियाले यस्तो निर्णय गरेको हो ।

यसअघि गत नोभेम्बर महिनामा नोकियाले रुसको याडरो समूहसँग मिलेर त्यहाँ फोरजी र फाइभजीका लागि आधार केन्द्र बनाउने घोषणा गरेको थियो । रोयटर्सका अनुसार नोकियाले यस परियोजनाबाट पनि हात झिकेको छ ।

रुसबाट बाहिरिने नोकियाको घोषणाले २ हजार कामदार प्रभावित हुने जनाइएको छ । यद्यपि प्रमुख कार्यकारी लण्डमार्कले यिमध्ये केहीलाई विश्वका अरु ठाउँमा पनि कामको अवसर दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै