Comments Add Comment

Advertisment

SKIP THIS

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु

०३ जेठ , काठमाडौं । काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुंगेको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुन्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी झापाको हल्दीबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।

शौचालय गई घर फर्कने क्रममा अविरल वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै