Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

२० पुष, काठमाडौ । मोटरसाइकल दुर्घटनामा परी तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–७ स्थित कलेस्ती निवासी ५२ वर्षीय वीरबहादुर दरै रहेका छन् । ग १५ प ८४९५ नंको मोटरसाइकलमा सवार दरै सोही वडाको वडा कार्यालय नजिक नालीमा खस्दा घाइते भएका थिए ।

कलेस्ती बजारबाट करिब २०० मिटर दूरीमा पर्ने वडा कार्यालय नजिक नालामा खस्दा दरै सख्त घाइते भएका हुन् । दरैको उपचारका लागि तत्कालै दमौली बजारस्थित रत्नहरि मेमोरियल अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सोही वडा निवासी ४२ वर्षीय मनबहादुर दरै दुर्घटनामा परी सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । चालकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment