Comments Add Comment

Advertisment

SKIP THIS

कमिसनको लोभले पालैपालो हत्या

२२ माघ, काठमाडौं। गत १२ माघमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा भेटियो । सो शव प्रहरी अनुसन्धानका क्रममा चौधरीको भएको पुष्टि भएको थियो ।

उनको हत्यालाई लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका बेला भोलिपल्ट शव भेटिएको भन्दा ३० मिटर पर अर्को खाल्टो भेटियो । प्रहरीले उत्खनन् गर्दा त्यहाँ अर्को शव भेटियो । त्यो शव धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको थियो । 

उनी ४ मंसिरमा व्यवहार मिलाउन भन्दै भक्तपुरबाट हिँडेका थिए । २५ वर्षअघि धरानमा सुन पसल सञ्चालन गरेका उनको अहिले झापामा प्लटिङ पनि छ । उनकी श्रीमती, २५ र २६ वर्षका दुई छोरा र ११ वर्षीया छोरी छन् ।

एकै ठाउँ थोरै मिटरको दूरीमा दुई – दुईवटा शव भेटिएपछि धेरैको चासोको विषय बन्यो यो घटना । प्रहरीले हत्याको वास्तविक कारण, हत्याराको पहिचान गरेर कहिले बाहिर ल्याउँछ भन्ने चासो बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित चरंगखेलको गोदाम परिसरमा फेरि अर्का एक जनाको शव उत्खनन् ग¥यो । सो शव तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६२ वर्षीय मोहनप्रसाद लिम्बूको थियो ।

सबैभन्दा पहिला लिम्बूको हत्या भए पनि सबैभन्दा अन्तिममा उनको र सबैभन्दा पछि चौधरीको हत्या गरेकोमा सबैभन्दा पहिला उनको शव भेटिएको थियो । चौधरी र श्रेष्ठको मोरङ र लिम्बूको ललितपुरमा हत्या गरिएको भए पनि हत्या गर्न र पुर्न प्रयोग गरिएको तरिका एउटै थियो । यी तीनै जनालाई पूर्वयोजनाअनुरूप नै हत्या गरिएको थियो ।

उनीहरू सबैको हत्या डोरी र गम्छाले घाँटी कसेर गरिएको थियो भने खाल्टो खनेर पुरिएको थियो । खन्ती र कोदालो प्रयोग गरेर खाल्टो खनिएको थियो । शव गलाउन तीनओटै शवमा पर्याप्त मात्रामा नुन राखिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै