Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरमा २७ वर्षीया लक्ष्मी घर्तीको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक

काठमाडौं: कञ्चनपुरमा २७ वर्षीया लक्ष्मी घर्तीको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पत्रकार सम्मेलन गरेर घर्तीको हत्यामा संलग्न भएकाहरूलाई सार्वजनिक गरेको हो।

कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गत साउन ३० गते पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक खण्डमा लक्ष्मी मृत अवस्थामा फेला परेकी थिइन्।

लक्ष्मीको हत्यामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–१ का २७ वर्षीय सरोज राना, सोही ठाउँका १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका–१ नौरंगाका ३३ वर्षीय सेनराज राना र पर्शु रानालाई प्रहरीले सार्वजनिक गरेको हो।

असोज १४ गते यी चार जनालाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ। यस्तै लक्ष्मी हत्याका अर्का आरोपी ३० वर्षीय राजकुमार राना भने फरार छन्। उनको खोजी भइरहेको छ।

उनीहरू पाँचै जनाले सोही दिन बेलुका साढे ५ बजेतिर लक्ष्मीलाई ललाईफकाई गरेर मोटरसाइकलमा राखी जंगल लगेको प्रहरीको अनुसन्धानले देखाएको छ। लक्ष्मी मामाघर जान्छु भनेर घरबाट निस्किएकी थिइन्।

लालझाडी जंगलमा हात्ती हेर्न बनाइएको टहरामा लगेर लक्ष्मीलाई मदिरा सेवन गराएको प्रहरीले जनाएको छ। पछि उक्त टहराको तेस्रो तलाबाट लक्ष्मीलाई खसालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सोही दिन राति साढे ९ बजे टहराबाट खसाउँदा लक्ष्मी गम्भीर घाइते भई बेहोस भइन्। लक्ष्मीलाई पाँचै जनाले मोटरसाइकलमा राखेर मृतकको माइतीघर नजिकै सडक किनारमा फालेर भागेको प्रहरी निरीक्षक पन्तले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै