Comments Add Comment

Advertisment

SKIP THIS

अवैध हतियार र लागुऔषधसहित दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ

काठमाडौँ । अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सुर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् ।

उनीहरुको साथबाट ५ राउण्ड गोलीलोड भएको म्याग्जीनसहितको पेस्तोल र लागुऔषध खैरौ हेरोइन ५ ग्राम फेला परेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनीहरुमाथि आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै