Comments Add Comment

Advertisment

SKIP THIS

‘इभिनिङ वाक’मा निस्केकी महिलामाथि ६ जनाले गरे सामूहिक बलात्कार : संलग्न चार युवक १८ वर्ष मुनिका

१८ असोज , काठमाडौ । इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी एक महिलामाथि इटहरीमा सामूहिक बलात्कार भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी-८ भुर्कीमा गत असोज १५ गते साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी गरेका हुन् । सामूहिक बलात्कारपछि उनीहरुले सुनको सिक्री र साथमा रहेको नगद तीन हजारसमेत लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

घटनापछि पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पीडकको खोजी गरेको थियो । घटनामा संलग्न ६ मध्ये चारजना १८ वर्षमुनि रहेकाले प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न रहेका इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment