Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीमा बसेका प्रहरीले फोन चलाउन नपाउने

१७ भदौ , काठमाडौ । अब ड्युटीमा रहेका प्रहरीले मोबाइल फोन चलाउन नपाउने भएका छन् । ड्युटीमा रहेको बेला प्रहरी फोनमा भुल्न थालेपछि यस्तो व्यवस्था कार्यान्वयनमा कडाइ गर्न लागिएको हो ।

टेकपानासँग कुरा गर्दै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले भने, “ड्युटीमा बसेको प्रहरीले फोन बोक्नै नपाउने भन्ने होइन । फोन बोक्न पाउँछन्, तर अत्यावश्यक कामका लागि मात्रै । फेसबुक र टिकटकमा अल्झिँदा काममा त्रुटि आउने देखियो ।”

पछिल्लो समय ड्युटीमा तैनाथ प्रहरीले फोन प्रयोग गर्ने क्रम बढेपछि कडाइ गरिएको उनको भनाइ छ । “हामीसँग पर्याप्त वाकिटकी छैन । त्यसैले फोन बोक्न प्रतिबन्ध लगाएका होइनौं । प्रयोग गर्नै परे अनुमति लिनुपर्छ ।”

उनका अनुसार प्रहरीले अब ड्युटीको बेला फोन साइलेन्स वा भाइब्रेसन मोडमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै