Comments Add Comment

Advertisment

SKIP THIS

एमालेले देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने

२७ चैत , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने भएको छ।

पार्टीका तीन जना पूर्व अर्थमन्त्रीको र दुई जना राष्ट्रिय योजनाका आयोगका उपाध्यक्षको उपस्थितिमा आज पत्रकार सम्मेलन गरेर देशको आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्ने भएको हो ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कँडेलको उपस्थितिमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा दिउँसो २ बजे हुनेछ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि आक्रोशित एमालेले त्यसबारे पनि पार्टीको धारणा राख्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै