होटल र हलहरु बुक हुन थाले : अब कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा -
Comments Add Comment

होटल र हलहरु बुक हुन थाले : अब कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

२९ कात्तिक , काठमाडौ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आइतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्।

सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले यस्तो बताएका हुन्।

उनले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन्। थापाले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताएकभा छन्।

समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयिकरणको प्रमाण भएको पनि उनले बताए। नेपाली कांग्रेसका नेताहरु पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको पनि थापाले बताए।

‘हिजो हामीले केन्द्रिय समितिको बैठक सम्पन्न गर्यौं, केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेपछि प्रदेशका निर्वाचन संयोजकहरु तोकेका छौँ। अधिवेशनको निम्ति व्यवस्थापन गर्ने समितिहरु बनाएका छौँ, हिजोको बैठकपछि भने साथीहरुलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरुलाई ढुक्क भएको अवस्था छु, उनले भने, यद्यपि कतिपय जिल्लामा अझै पनि प्रारम्भिक अधिवेशन सम्पन्न भइरहेको, कतिपय ठाउँमा अझै विवाद छ, केही साथीहरु अनसन बसिरहनु भएको छ, केही साथीहरु अनसन बस्ने तयारीमा हुनुहुन्छ।ु

थापाले सभापति शेरबहादुर देउवाले महाधिवेशनको १५-२० दिनअघिसम्म पनि नियुक्ति गरिरहेको भन्दै अझै केही आशंका रहेको बताए।

नेपाली कांग्रेस जस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५र२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरुलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण होु, उनले भने, हामीले आफ्नो अधिवेशन ढुक्क भएर हुन्छ भन्ने अवस्था बनेन। हामीले जति भने पनि निर्वाचन आयोगलाई तारन्तार दबाव नदिएको भए, पुस पहिलो साताभित्र आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्य बाध्यता नआएको भए अझै महाधिवेशन सर्थ्यो होला। कांग्रेसका नेताहरु विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment