२४ मंसिर काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसको चौधौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु भएको छ ।
राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा केहीबेरअघि शुरु भएको महाधिवेशनमा सबैजसो प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले संचालन गरिरहेको उद्घाटन सत्रलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गदैछन् ।
समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल , एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल,राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन माले महासचिव सीपी मैनाली लगायतका पार्टी प्रमुखहरुको उपस्थिति रहेको छ ।
उद्घाटन समारोहमा भारतीय जनता पार्टी, कांग्रेस आइसहितका नेताहरुसमेत सहभागी रहेका छन् । नयाँ नेतृत्व चयनसहित सकिने महाधिवेशन २७ गते सकिने कांग्रेसले जनाएको छ ।








